Miss Jyapu
Miss Jyapu 2014

"मिस ज्यापु व्यूटि प्याजेन्ट २०१२" को अडिसन गरियो

नासः मण्डलद्वारा आयोजित प्रथम मिस ज्यापु व्यूटि प्याजेन्ट २०१२ को यहि बैशाख ३० गते शनिवार सोह्रखुट्टेस्थित सिद्धि गणेश पार्टर्ीीेन्यूमा अडिसन सम्पन्न भएको छ । काठमाडौं उपत्यका लगायत तिस्टुङ्ग पालुङ्गका गरी जम्मा ३२ जना सहभागि कन्टेन्टेक्सहरुलाई वरिष्ठ फोटोग्राफर श्री राजभाई सुवालज्यूको संयोजकत्वमा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष श्री चक्रमान डंगोलज्यू, कोरियोग्राफर सविता महर्जन, कलाकार भिन्तुना जोशी लगायत अन्य महानुभावहरुले परिक्षा लिनु भएको थियो ।

अडिशन राउण्डको शुरुमा नासः मण्डलका अध्यक्ष श्री महेन्द्र राज डंगोलज्यूले स्वागत मतव्यको क्रममा बोल्नु हुँदै ज्यापु वास्तवमा कुनै जाति विशेष नभैकन संंसारकै सबैभन्दा पुरानो सभ्यताको नाउँ हो यो भनि जानकारी गराउँदै प्रख्यात मायार्,र् इन्का, युनानी सभ्यता जस्ता पितृसक्तात्मक सभ्यताभन्दा पनि पुरानो नव पाषणयुगमा जम्बुद्विपबाट शुरुआत भएको मातृसक्तात्मक धरातलमा थडिएको सभ्यता थियो ज्यापु सभ्यता । जुन सभ्यता पश्चात मात्रै ढुङ्गेयुगका मानवहरुले खानेकुरा आगोमा पोलेर खाने, पशुपालन, खेतीपातिर् इत्यादी जानेको हुन। यहि सभ्यताले मानवलाई सामाजिक प्राणी भनाएको हो भन्दै यस्तो विश्वकै प्राचिनतम आदिमकालिन सभ्यताकोर् इतिहास बोकेको ज्यापु समुदायको आज हामी प्रथम मिस ज्यापु व्युटि प्याजेन्ट २०१२ को अडिशन राउण्ड गर्दैछु भन्नु हुदै देशकै कला, संस्कृति र संस्कारको क्षेत्रमा एउटा अभिन्न अङ्गको रुपमा रहेको यस ज्यापु समुदायको नयाँ पिधींहरुलाई साथमा लिएर नयाँ सोच र विचार तथा युग अनुसारको परिमार्जन गर्न अग्रसर भई यो मिस ज्यापु व्युटि प्याजेन्ट २०१२ आयोजना गरेको हौं भनि जानकारी गराउनु भएको छ ।

अडिसनमा सेलेक्ट भएका कन्टेन्टेक्सहरुलाई सोही स्थानमा जेठ ५ गतेदेखि टे्रनिङ्ग गर्राई जेठ २५ गते ट्यालेन्ट शो गराइने र जेठ २७ गते शनिवारका दिन जमलस्थित राष्ट्रिय नाचघरमा फाइनल प्रतियोगिता गराइने यस मिस ज्यापु व्युटि पेजेन्ट २०१२ को हिमालयन टेलिभिजन तथा रेडियो उपत्यका ८७.६ एफ.एम.बाट प्रत्यक्ष प्रशारण गरिने भएको छ ।

Miss Jyapu Beauty Pageant 2017
criteria and rules View Details